अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव
काठमाडाैं | असार २८, २०८०
दाङ: दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

